Logo

अर्थ

विदेशमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्दै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स



काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसिर १९ गतेदेखि सेयर निष्कासन गर्न लागेको हो । विदेशमा रहेका नेपालीले पुस ३ गतेसम्म आवेदन दिन पाउनेछन् ।

आईपीओमा सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ । ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलवार १४:२१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।