Logo

खेलकुद

यू-१९ एसिया कप खेल्ने नेपाली टिमको बिदाइ



काठमाडौं । एसीसी यू–१९ एसिया कप खेल्ने नेपाली टिमलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार एक कार्यक्रममार्फत नेपाली टिमलाई बिदाइ गरेको हो ।

नेपाली टिमलाई क्यानका सचिव पारस खड्का, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङसँगै क्यानका सदस्यले बिदाइ गरे । नेपाली टिम शक्ति गौचनको प्रशिक्षण र हेमन्त धामीको कप्तानीमा मैदानमा उत्रनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । यो समूहमा नेपालसँगै अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलवार १५:२५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।