Logo

अर्थ

लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद सेयरमा बुधबारदेखि आवेदन खुल्ला



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद सेयरमा बुधबारदेखि आवेदन खुलेको छ । कम्पनीले १ बराबर ०.८८४ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

बुधबार कार्यालय समयपछि पुस २ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

कात्तिक ८ गतेसम्म कायम सेयरधनीले अनलाइन प्रणाली मेरोसेयर तथा आफ्नो बैंक खाता रहेको शाखामार्फत भौतिक फारम भरेर आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार १०:५५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।