Logo

राजनीति

रास्वपा प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच के भयाे कुराकानी?



काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । प्रमुख सचेतक परियार बालुवाटार पुगेर मंगलबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो । उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो ।

रास्वपाले प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि समय पनि नदिएको बताउँदै आएको थियो । कार्यवाहक प्रवक्ता मनिष झाले गत मंसिर २ गते प्रधानमन्त्री ओलीले आफूहरूलाई भेट्न समय नदिएको बताएका थिए ।

प्रधानमन्त्रीलाई भेटेर माग पत्र बुझाउन खोजे पनि प्रधानमन्त्री ओलीले ५ मिनेट समय पनि नदिएको उनको भनाइ थियो । रास्वपाको उक्त गुनासोपछि प्रधानमन्त्रीले प्रमुख सचेतक परियारलाई भेटवार्ताको समय दिएका हुन् ।

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति : मंसिर १२, २०८१ बुधबार  ३ : ०२ बजे

243
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।