काठमाडौं । बुधबार सेयर बजार बढेको छ । नेप्से परिसूचक ३८.८१ अंकले बढेर २७५५ को विन्दुमा कायम भएको छ ।
आज १९९ कम्पनीकाे सेयर मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ । आज ९ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ३४ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ३३ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको २४ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सात कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज १० कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विशाल बजार, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु, सर्पोट लघुवित्त लगायत ७ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।




















प्रतिक्रिया