Logo

राजनीति

कीर्तिपुर र काठमाडौं-१६ मा निर्वाचन आयोगले खटायो अनुगमन टोली



काठमाडौं । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिका–१६ मा निर्वाचन आचारसंहिता पालना भए/नभएको अनुगमन गर्न टोली खटाएको छ ।

काठमाडौंमा आचारसंहिताको उल्लंघन भएको सूचना आएपछि अनुगमन टोली गठन गरिएको प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । कीर्तिपुरको अनुगमन टोलीमा प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, उपसचिव डा. थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक अशोक न्यौपाने छन् ।

त्यस्तै काठमाडौं–१६ को अनुगमन टोलीमा सहसचिव नारायणप्रसाद सापकोटा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी, उपसचिव (कानुन) सीता पुन श्रीष र प्रहरी उपरीक्षक सञ्जयसिँह थापा छन् ।

मंसिर २ देखि उपनिर्वाचन हुने जिल्लाहरूमा निर्वाचन आचारसंहिता लागु भएको छ

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार १६:५६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।