काठमाडाैं । जस्मिन पेन्ट्सको ब्रान्ड एम्बेस्डरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का नियुक्त भएका छन् ।
स्वदेशी उत्पादनहरूलाई थप ससक्त र बजारीकरण गर्नका लागि व्यापार प्रवर्द्धन महत्वपूर्ण रहेको वर्तमान अवस्थामा यस कम्पनीले आफ्नो उत्पादनहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले खड्कालाई ब्रान्ड एम्बेस्डरको रूपमा नियुक्त गरेको हो ।
पछिल्लो समय नेपाली खेल क्षेत्रको विकास र युवाहरूको चाहना र भावनालाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अवस्थामा खेल र खेलाडीहरूलाई पनि थप प्रोत्साहन गर्ने उद्देश्यले खड्कासँग सहकार्यका लागि हात अगाडि बढाएको कम्पनीको भनाइ छ ।
खड्कासँग गरिएको यस सहकार्यले नेपाली खेलकुदका साथ–साथै कम्पनीका उत्पादनहरूलाई प्रवर्द्धन गर्न र बजार विस्तारका निमित्त थप टेवा पुग्ने अपेक्षा कम्पनीको छ ।
यस सहकार्यले कम्पनीका उत्पादनहरू स्वदेशी रूपमा मात्र परिचित नभई अन्तर्राष्ट्रिय स्तरमा नै परिचित हुने कम्पनीको विस्वास छ ।




















प्रतिक्रिया