काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कार्य सक्षमता देखाउन आग्रह गरेका छन् । कार्यसक्षमता नदेखाए बदल्ने चेतावनीसमेत प्रधानमन्त्री ओलीले दिएका छन् । बुधबार सिंहदरबारमा मन्त्रालयहरूको त्रैमासिक समीक्षा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।
‘प्रक्रियावादमा मात्रै नअल्झिऔँ । हामीले जनताका अपेक्षाबमोजिम ठोस र परिणाममूलक काम गर्न सक्नुपर्छ । देशमा रोजगारी र आम्दानी बढाउने नीति लिनुपर्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले आफूलाई ठोस योजना चाहिएको बताएका थिए । ‘हामी सरकारमा भएको उपादेयता हुनुपर्यो । हिम्मतिलो तरिकाले अगाडि बढौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी सरकारमा रहेको भन्ने देखिनुपर्यो ।’ प्रधानमन्त्रीले अल्याङटल्याङ नबस्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
ओली सरकारका असक्षम पात्रहरूको लेखाजोखा हुँदैछ । घुसलिन सक्षम काम लिन असक्षम बनेका एमालेका दामोदर भण्डारी उद्योग राजकुमार गुप्ता संघीय मामिला काँग्रेसका दिपक खड्का ऊर्जा लोसपाका शरदसिंह भण्डारी श्रम कांग्रेसका बद्री पाण्डे पर्यटन एमाले कै बलराम अधिकारी भूमिसुधार काँग्रेसका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ्ग मात्र होइन वनमन्त्री ऐन बहादुर शाही समेत काम देखाउन नसक्ने भएका छन् ।
भाषण जति पनि गर्ने जनतामा पुयाउने काम केही कसले झण्डा र गाडी दिएर मन्त्री पदमा राख्दा राज्य स्रोत सक्ने राष्ट्रका लागि उपलब्धी नहुने ‘भएपछि, प्रधानमन्त्रीले इज्जत जोगाउन पनि विवादित मन्त्रीहरू हटाउन खोजेका खबर दबाब साप्ताहिकमा छ ।
सरकारको मधुमास कै अवधिमा कुम्ल्याउन सफल मन्त्रीहरूलाई राखेर आफ्नो बदनाम चम्काउन प्रम केपीलाई मन छैन । यो सरकारमा जो-जो मन्त्री छन् उनीहरू पार्टीको गुटका आधारमा त्यो पद प्राप्त गर्न सफल हुन। डा. सशाङ्कको टिमका दिपक खड्का आफै सरकारी सम्पत्ति कब्जा गरेर भाडा नतिर्ने पात्र हुन ।
डा. शेखर गुटका बद्री पाण्डे त आफैँले गरेको निर्णय उल्टयाएर पशुपति धर्मशालामा मारवाडी समुदायले मच्चाएको लुटको पक्षमा मात्र लागेनन लुम्बिनी प्रदेशका तारे होटलमा क्यासिनो खोल्न दिएर घुस खाएको दावी आफैँ पर्यटन व्यवसायी राजेन्द्र बजगाईंले गरेका छन् ।
शेखर गुटका यी सांसद र पर्यटन मन्त्रीबीचका द्वन्द सार्वजनिक भएको छ । डा. आरजुलाई घुस खुवाएर ऊर्जा राज्य मन्त्री बनेका ठेकदार कान्छा राम (पूर्ण बहादुर) तामाङ्गका निर्माण कम्पनीहरू कालो सूचीमा छन् ।
प्रतिक्रिया