Logo

अर्थ

सप्तकोशी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता १०० रुपैयाँ



काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको ४० हजार कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीले किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ ।

सेयर किन्न इच्छुक संस्थापक शेयरधनीले पुस १६ गतेभित्र आवेदन दिनु पर्नेछ । आवेदन मोरङ जिल्लाको विराटनगरस्थित बैंकको कर्पाेरेट कार्यालयमा बुझाउनु पर्नेछ ।

साथै तोकिएको समय सीमाभित्र संस्थापकबाट सेयर खरिदका लागि आवेदन नआएमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार ११:१५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।