Logo

खेलकुद

एनपिएलकाे पहिलो खेलको टिकट बिक्री भइसक्यो, पासका लागि फोन नगर्नुस् : पारस खड्का



काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो खेलको टिकट सकिएको बताएका छन् ।

शुक्रबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पहिलो खेलको टिकट र भिआइपी पासहरू सबै सकिएको बताएका हुन् ।

‘भोलिको खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नुहुन हार्दिक अनुरोध गर्दछौं,’ उनले भने, ‘कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नु हुन हार्दिक अनुरोध गर्दछौं।’

शनिबार दिउँसो कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच उद्घाटन खेल हुँदैछ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार १४:३०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।