काठमाडौं । सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार सुनकाे मूल्य ताेलामा ४०० रुपैयाँ घटेर १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
शुक्रबार तोलामा १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियाे ।
यस्तै चाँदीको मूल्य पनि अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ घट्दै १ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको थियो ।




















प्रतिक्रिया