Logo

अर्थ

कारोबारसँगै बढ्यो सेयर बजार



काठमाडौं । सोमबार सेयर बजार १९.९७ अंक बढेको छ । नेप्से परिसूचक २७५८ मा कायम भएको छ ।

अघिल्लो दिन ८ अर्ब ८३ करोडको कारोबार भएको सेयर आज १० अर्ब ५४ करोडको भएकाे छ । आज १२६ कम्पनीको मूल्य बढ्दा ११२ को घट्यो भने ५ को स्थिर रहेकाे छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ५९ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४८ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सी, विशाल बजार कम्पनी, खानीखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार १५:१६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।