Logo

अर्थ

डिसहोमको इन्टरनेट जडानमा एनपीएलका फ्यानलाई आकर्षक अफर



काठमाडौं । डिसहोमले नेपाल प्रिमियर लिग (एनपीएल)का फ्यानहरूलाई लक्षित गर्दै आफ्नो इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ ।

कम्पनीले २०० एमबीपीएस र ३०० एमबीपीएस वार्षिक इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनस सहित नि:शुल्क राउटरको अफर सार्वजनिक गरेको हो ।

एनपीएलको डिजिटल स्ट्रिमिङ अधिकार प्राप्त गरेको डिसहोमले यही अवसरमा नयाँ तथा पुराना ग्राहकका लागि नयाँ अफर सार्वजनिक गरेको जनाएको हो ।

पुराना ग्राहकले आफ्नो प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकले इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्ने डिसहोमले जनाएको छ ।

 

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार ०९:५५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।