Logo

अर्थ

आइपिएलको ब्रान्ड भ्यालु १२ अर्ब अमेरिकी डलर



एजेन्सी । विश्वकै महँगो इन्डियन प्रिमियर लिग (आइपिएल)को ब्रान्ड भ्यालु १२ अर्ब अमेरिकी डलर पुगेको छ ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले १७औँ संस्करणको खेलाडी अक्सनपछि आइपिएलको ब्रान्ड भ्यालु सार्वजनिक गरेको हो । गत वर्षको तुलनामा यसपटक १३ प्रतिशत ब्रान्ड भ्यालु बढेको बिसिसिआईले जनाएको छ । सन् २०२३ मा १०.९ अर्ब अमेरिकी डलर रहेको थियो । सन् २००९ मा आइपिएलको भ्यालु दुई अर्ब डलर रहेको थियो ।

सन् २००८ को पहिलो संस्करणमा ब्रान्ड भ्यालु सार्वजनिक भएको थिएन । ब्रान्ड फाइनान्स रिपोर्टअनुसार आइपिएलका चार फ्रेन्चाइज टोलीको ब्रान्ड भ्यालु सय मिलियन अमेरिकी डलरभन्दा माथि छ ।

चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स, रोयल च्यालेन्जर्स बेंग्लोर र कोलकाता नाइट राइडर्सको ब्रान्ड भ्यालु सय मिलियन अमेरिकी डलर रहेको रिपोर्टमा उल्लेख छ । चेन्नईको १२२ मिलियन अमेरिकी डलर र मुम्बई इन्डियन्सको ११९ मिलियन अमेरिकी डलर रहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार १०:३२   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।