काठमाडौं । सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हराएको छ । युवा बलर नरेन साउदले ५ विकेट लिएपछि सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार दोस्रो जित हात पारेको हो ।
१६८ रनको लक्ष्य पछ्याएको काठमान्डु गुर्खाज १५.५ ओभरमा ९४ रनमै अलआउट भयो । एकै खेलमा नरेनले ५ विकेट लिने दोस्रो बलर तथा पहिलो नेपाली खेलाडी बनेका छन् ।
यसअघि चितवन राइनोजका पाकिस्तानी बलर सोहल तनविरले काठमान्डुविरुद्ध नै ५ विकेट लिएका थिए ।




















प्रतिक्रिया