Logo

अर्थ

मिथिला लघुवित्तको लाभांश घोषणा



काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले १४.२८६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७१४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा प्रस्ताव गरेको हो ।

यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीकाे साधारण सभाबाट पारित हुन बाँकी छ ।

त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिले यसपटक कुनै लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार १४:०५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।