काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा अन्तर्गत शनिबार भएको दोस्रो खेलमा विराटनगर किङग्सविरुद्ध कर्णाली याक्स ७ रनले विजयी भएको छ ।
कर्णाली याक्सले जितका लागि विराटनगरसामु १ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
विराटनगरले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि निकोलस किर्टोनले सर्वाधिक ४० रन बनाए । ३९ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे ।
लोकेश बमले १९ तथा दिपक बोहराले १८ रन जोडे ।
बलिङमा कर्णाली याक्सका नन्दन यादवले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । विपिन शर्मालेले ४ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, विलियम बोसिस्टो र युनिश ठकुरीले समान १ विकेट लिए ।
प्रतिक्रिया