Logo

अर्थ

लोअर इर्खुवा हाइड्रो र नागरिक लगानी कोषबीच सेयर प्रत्याभूति सम्झौता



काठमाडौं । लोअर इर्खुवा हाइड्रो पावर कम्पनी र नागरिक लगानी कोषबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्श्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गरेका हुन् ।

इर्खुवा हाइड्रोले प्रतिसेयर एक सय रुपैयाँका दरले २८ लाख ५ हजार ७ सय ५० कित्ता बापतको २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहनेछ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आईतवार १५:०२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।