Logo

खेलकुद

सुदूरपश्चिम रोयल्सलाई चितवन राइनोजले ३३ रनले हरायो



काठमाडौं । लगातार तीन खेल जित्दै उत्कृष्ट सुरुवात गरेको सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो हार व्यहोरेको छ ।

चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई ३३ रनले पराजित गर्दै अपराजित यात्रामा ब्रेक लगाएको हो ।

चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाएर १३१ रनमा अलआउट भयो ।

सुदूरपश्चिमका इशान पाण्डेले २८ बल खेल्दै ४ चौका र १ छक्का मदतमा सर्वाधिक ३५ रन बनाए । अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् । जैबले १८ रन बनाए भने ब्राण्डन म्याकमुलेनल १३, दिलप्रित बाज्वा १२ र विनोद भण्डारी १० रनमा आउट भए । आरिफ शेख ५, कप्तान दीपेन्द्र सिंह ऐरी १ र नरेश बुढाएर ५ रनमा आउट भए ।

बलिङमा चितवनका लागि कप्तान कुशल मल्लले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । अमरसिंह राउटेलाले १ ओभरमा ९ रन खर्चेर तथा जान निकोल लफ्टी इटनले ३ ओभरमा १८ रन खर्चेर समान २ विकेट लिए । रिजन ढकालले ३ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । सोहेल तनविरले १ विकेट लिए । यसै खेलबाट एनपीएलमा डेब्यु गरेका रन्जित कुमारले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले हसन इसाखिलको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

चितवनका लागि ओपनर हसनले ५२ बल खेल्दै ६ चौका र ३ छक्का मदतमा ६५ रन बनाए । यस्तै रवि बोपाराले १८ बल खेल्दै समान २ चौकमा र छक्कामा ३६ रन षोगदान गरे ।

विपिन रावलले १७ र कप्तान कुशल मल्लले १३ रन जोडे । पहिलो पटक ओपनिङ गरेकार सन्तोष कार्की ९ रनमा आउट भए ।

अमर सिंह राउटेलाले ६ र जान निकोल लफ्टी इटन २ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ब्राण्डन म्याकमुलेन, कप्तान दीपेन्द्र सिंह ऐरी र सैफ अली जैबले १/१ विकेट लिए ।

प्रकाशित मिति : मंसिर २३, २०८१ आईतबार  ४ : २४ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।