Logo

अर्थ

हुन्डाई नेपालले ल्यायो ‘डिसेम्बर डिलाइट’



काठमाडाैं । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले डिसेम्बर ९देखि ‘डिसेम्बर डिलाइट’ अभियान सुरु गरेको छ । डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकहरूले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्नेछन् ।

‘डिसेम्बर डिलाइट’ अन्तर्गत ग्राहकहरुले ६ लाख रुपैयाँसम्मको छुट, ५ लाख रुपैयाँसम्मको एक्स्चेज बोनस र एक वर्षको बिमा सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

त्यस्तै, सो अभियानमा ‘जिरो कस्ट ओनरसिप प्लान’ रहेको छ, जसमा ग्राहकहरूले आफुलाई मनपर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन् ।

साथै ३ वर्षको निःशुल्क चेकअप, गाडी मर्मत सामाग्रीहरू तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिने कम्पनीले जनाएकाे छ ।

हुन्डाई नेपालले ग्राहकहको अनुभवलाई सधैँ झैँ विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको कम्पनीले भनाई छ ।

तसर्थ, देशभरका सोरुमहरूमा उपस्थित भई यस अभियानको फाइदा उठाउन सबै ग्राहकहरूलाई अनुरोध र प्रोत्साहित गर्दछ। आगामी शनिबार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर र थापाथाली सोरुमहरूमा पर्व विशेष कार्यक्रमहरूको आयोजना गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार १२:३२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।