काठमाडौं । मुक्तिनाथ क्यापिटलको पहिलो म्युचुअल फन्ड ‘मुक्तिनाथ म्युचुअल फन्ड–१’का इकाइ खरिदका लागि आवेदन दिने आज (मंसिर २५ गते) अन्तिम दिन रहेको छ ।
गत मंसिर २० गतेबाट यो योजनाका इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो । मागभन्दा बढी आवेदन परेकोले आज बैंकिङ समयपछि यो योजनाका इकाइ खरिदका लागि आवेदन बन्द गरिने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।
क्यापिटलले १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ बिक्री खुला गरेको छ ।
यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो योजनाको इकाइ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नै रहेको छ ।




















प्रतिक्रिया