Logo

खेलकुद

कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको लक्ष्य



काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको हो ।

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए ।अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन बनाए ।

लुम्बिनीका विकास आग्रीले ३ तथा तिलक भण्डारीले २ विकेट लिए ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार १०:३५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।