काठमाडौं । बसिर अमदको अर्धशतकमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनायो ।
विराटनगरका लागि बसिर अहमदले सर्वाधिक ६८ रनको अर्धशतकीय पारी खेले ।
यस्तै, मार्टिन गप्टीलले ४५ रन बनाउँदा राजेश पुलामी ३३ रनमा अविजित रहे।
चितवनका लागि रिजन ढकाल दुई तथा कप्तान कुशल मल्ल, बसिल हामीद र सोहेल तानबिरले समान १/१ विकेट लिए ।




















प्रतिक्रिया