काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले दोस्रो जित हासिल गरेको छ । त्रिवि क्रिकेटमा शुक्रबार चितवन राइनोजलाई ५१ रनले हराउँदै विराटनगरले जित हासिल गरेको हो ।
विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन मात्रै बनायाे ।
चितवनका अमर राउटरेलाले सर्वाधिक ४२ रन बनाए । ओपनर सन्तोष कर्कीले २६, कप्तान कुशल मल्ले २५ रन बनाए । यस्तै रबि बोपराले २० रन बनाए ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले २ तथा क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लाेकेश बमले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो ।




















प्रतिक्रिया