Logo

खेलकुद

सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य



काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनायो ।

सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन बनाए । उनले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे । आरिफ र दिपेन्द्रले पाँचौँ विकेटको लागि ४१ रनको साझेदारी गरेका थिए ।

यस्तै ब्रान्डन म्याकमुलन २३, कप्तान दिपेन्द्र सि‌ंह २०, बिनोद भण्डारी १४, हरमित सिंह १३, इशान पाण्डे १० रन बनाए ।

पोखराको लागि कप्तान कुशल भुर्तेलले दुई विकेट लिए । रेमन रिफर, सागर ढकाल र माइकल लिस्कले समान १/१ विकेट हात लिए ।

 

प्रकाशित मिति : ३० मंसिर २०८१, आईतवार १४:४२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।