Logo

खेलकुद

यू-१९ महिला एसिया कपमा नेपालले पाकिस्तानसँग खेल्दै



काठमाडौं । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ ।

समूह बी मा रहेका नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार बिहान १२: ४५ बजे क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु हुनेछ ।

पाकिस्तान पहिलो खेलमै भारतसँग पराजित भएकोले नेपालले आजको खेल जित्न सके सुपर फोर मा प्रवेश गर्नेछ । पुजा महतोको कप्तानीमा रहेको नेपाली टोली उच्च मनोबलका साथ मलेसिया पुगेको छ ।

प्रकाशित मिति : १ पुष २०८१, सोमबार ११:०३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।