Logo

खेलकुद

कर्णाली याक्सले चितवन राइनोजलाई दियो १७६ रनको लक्ष्य



काठमाडौं । जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक प्रहार गरेपछि एनपीएल एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेट गुमाएर १७५ रन बनाएको हो ।

कर्णालीका लागि ब्याटिङतर्फ ओपन जयकिसन कोल्सावालाले अर्धशतकीय पारी खेले ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरेका उनि ५३ रनमा आउट भए ।

विलियम बोसिस्टाले ५२ रन बनाउँदा, चार्डविक वाल्टन २३ बलमा ४६ रनमा अविजित रहे ।

ओपनर रित गौतम र गुलसन झा शून्य रनमा आउट भए भने जिसन मक्सुदले १४ रनको योग्दान गरे। यस्तै, देव खनाल तीन रनमा आउट भए ।

चितवनका लागि सोहेल तनबिरले २ विकेट लिँदा शरद भेषवाकर, कप्तान कुशल मल्ल, रबि बोपाराले समान १/१ विकेट लिए ।

प्रकाशित मिति : ३ पुष २०८१, बुधबार १०:४९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।