Logo

खेलकुद

सुदूरपश्चिमलाई जनकपुरको १४० रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर वान मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई १४० रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो।

जनकपुरका लागि जिमि निशामले सर्वाधिक ४५ रन बनाए । यस्तै शुभ कंसाकारले २६, लाहिरु मिलान्था र हर्ष ठाकेरले समान १२/१२ तथा कप्तान आसिफ शेख र अर्निको यादवले समान ११/११ रन बनाए ।

सुदुरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । सेफ जैबले २ तथा स्कट कुग्गेलिन र अभिनाष बोहोराले १/१ विकेट लिए ।

प्रकाशित मिति : ३ पुष २०८१, बुधबार १४:४३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।