Logo

खेलकुद

कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा पुग्नका लागि जनकपुर बोल्ट्सले ११९ रनको लक्ष्य पाएको छ ।

दाेस्राे क्वालिफायरमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर ११८ रन बनाएपछि जनकपुरले ११९ रनकाे लक्ष्य पाएको हो ।

कर्णालीका लागि गुल्सन झाले २५ र देव खनालले २४ रन बनाए । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

जनकपुरका ललित राजवंशी, मोहम्मद मोहसिन र जिमी नीशमले २/२ विकेट लिए । हर्श थाकर र शेर मल्लले समान १/१ विकेट लिए ।

प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार १४:०९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।