काठमाडौं । कर्णाली याक्सलाई हराउँदै जनकपुर बाेल्टस फाइनलमा प्रवेश गरेकाे छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर कोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो ।
बिहीबार भएको दाेस्राे क्वालिफायरमा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गरेको हो ।
जनकपुरले अब उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग प्रतिस्पर्धा गर्नेछ । फाइनल शनिबार हुनेछ । सुदूरपश्चिमले जनकपुरलाई नै पहिलाे क्वालिफायरमामा पराजित गर्दै फाइनल पुगेको थियो ।
जनकपुरका लागि जिमी निशामले सर्वाधिक ४५ रन बनाए । यस्तै हर्ष ठाकेरले १७ तथा आकाश त्रिपाठीले १३ रन बनाए ।
कर्णालीका लागि बिपिन शर्माले ३ विकेट लिए । यस्तै कप्तान सोमपाल कामी, जिशान मक्सुद र विलियम बोसिस्टोले समान १/१ विकेट लिए ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ओभरमा ९ विकेट गुमाएर ११८ रन बनाएको थियो ।
कर्णालीको लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाउँदै ओपनर देव खनालले २४ रन बनाएर आउट भए । विलियम बोसिस्टो १४, जिसान मक्सुद र युनिस ठकुरीले समान १२/१२, चाडविक वाल्टनले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
जनकपुरका लागि ललितनारायण राजवंशी, जिमि निसम र मोहम्मद मोहसिनले समान २ विकेट लिए । हर्ष ठाकेर र शेर मल्लले समान १ विकेट लिए ।




















प्रतिक्रिया