Logo

प्रमुख समाचार

शुक्रबारबाट भित्रिँदैछ पानी पार्ने प्रणाली, काठमाडौंमा समेत देखिने छ प्रभाव



काठमाडाैं । पश्चिमी न्यूनचापीय प्रणालीका कारण अहिले देशका अधिकांश भूभागमा बादल लागेको छ ।

बुधबार बिहानसम्म बादल लाग्ने र अपराह्नदेखिको मौसम घमाइलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

यो प्रणालीले अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा बढी वर्षा गराउने पूर्वानुमान छ । शनिबार पनि देशैभर पूर्णतया बदली हुने र काठमाडौंसहित केही भागमा हल्का वर्षाको सम्भावना छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मंगलबार काठमाडौं उपत्यकासहित केही स्थानमा फाटफुट वर्षा भएको थियो । उच्च पहाडी र हिमाली भेगमा भने हिमपात भएको थियो ।

मौसमविद् विनोद पोखरेलले आज अपराह्नदेखि देशका अधिकांश भूभागको मौसम घमाइलो हुने बताएका छन्।

सोमबार साँझबाट भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले काठमाडौंसम्म छिटपुट वर्षा गराएको थियो। चितवनका केही भूभागमा पछिल्लो तीन घन्टामा ११.४ मिलिमिटर वर्षा भएको थियो ।

प्रकाशित मिति : १० पुष २०८१, बुधबार ११:५२   :  बजे

225
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।