काठमाडाैं । पश्चिमी न्यूनचापीय प्रणालीका कारण अहिले देशका अधिकांश भूभागमा बादल लागेको छ ।
बुधबार बिहानसम्म बादल लाग्ने र अपराह्नदेखिको मौसम घमाइलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
यो प्रणालीले अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा बढी वर्षा गराउने पूर्वानुमान छ । शनिबार पनि देशैभर पूर्णतया बदली हुने र काठमाडौंसहित केही भागमा हल्का वर्षाको सम्भावना छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मंगलबार काठमाडौं उपत्यकासहित केही स्थानमा फाटफुट वर्षा भएको थियो । उच्च पहाडी र हिमाली भेगमा भने हिमपात भएको थियो ।
मौसमविद् विनोद पोखरेलले आज अपराह्नदेखि देशका अधिकांश भूभागको मौसम घमाइलो हुने बताएका छन्।
सोमबार साँझबाट भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले काठमाडौंसम्म छिटपुट वर्षा गराएको थियो। चितवनका केही भूभागमा पछिल्लो तीन घन्टामा ११.४ मिलिमिटर वर्षा भएको थियो ।




















प्रतिक्रिया