Logo

अर्थ

सेयर बजारमा २१ अंकको गिरावट, ५ अर्ब ४७ करोडको कारोबार



काठमाडौं । सेयर बजार आज दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९ को विन्दुमा कायम भएको छ ।

आज ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीकाे मूल्य घटेको छ ।

आज ५ अर्ब ४७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु बैंकको सेयर कारोबार भएको छ । यस बैंकको २६ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । जानकी फाइनान्सको १६ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी, जानकी फाइनान्स, सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १४ पुष २०८१, आईतवार १५:१९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।