Logo

अर्थ

सुपरमाई हाइड्रोपावरको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा



काठमाडाैं । सुपरमाई हाइड्रोपावर लिमिटेडको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ । गत मंसिर २८ गते सम्पन्न दशौं बार्षिक साधारण सभाबाट पारित ५.६३१ प्रतिशत नगद लाभांश (नगद लाभांश तथा बोनश सेयरमा लग्ने कर सहित) मंसिर २ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्ने सेयरधनीहरूको बैंक खातामा जम्मा गरिएको हो ।

आफ्नो सेयर प्रमाणपत्र हालसम्म अभौतिकिकरण नगरेका सेयरधनीहरूलाई यथाशीघ्र आफूले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गरी नेपाल क्लियरीङ्ग हाउसअन्तर्गत सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ ।

गत मंसिर १६ गतेसम्ममा आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्दा बैंक खाताको विवरण हुवहु नभई नगद लाभांश प्राप्त नगरेका सेयरधनीहरूको विवरण कम्पनीको सेयर रजिष्ट्रारको वेवसाइटमा राखिएकोले आ–आफ्नो निक्षेप सदस्यमा सम्पर्क गरी विवरण सच्याउन समेत कम्पनीले आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ पुष २०८१, सोमबार १२:४०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।