Logo

अर्थ

ओमोडाको ब्रान्ड एम्बेसडरमा दीपेन्द्रसिंह ऐरी



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरी ओमोडा एण्ड जेकोको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् ।

नेपालका लागि ओमोडा एण्ड जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ऐरीलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा आज उनलाई ओमोडा फाइभको साँचो हस्तान्तरण समेत गरेकाे हाे ।

ऐरी हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को उपविजेता सुदूरपश्चिम रोयल्सका कप्तान समेत हुन् । उनी प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडी बन्दै ओमोडा ई फाइभ कार पाएका थिए ।

प्रकाशित मिति : १५ पुष २०८१, सोमबार १५:५६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।