Logo

अर्थ

एशियन लाइफको सीइओमा श्रेष्ठको निरन्तरता



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिनेश लाल श्रेष्ठको कार्यकाल थपिएको छ । उनी दोस्रो कार्यकालका लागि सीइओमा दोहोरिने भएका हुन् ।

गत मंसिर २५ गते मंगलबार बसेको कम्पनी संचालक समितिको बैठकले सीइओ श्रेष्ठलाई नै थप एक कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत हुन भने बाँकी रहेको कम्पनी स्रोतले जनाएको छ । उनी २०७७ माघ १ गते कम्पनीको सीइओ बनेका थिए ।

प्रकाशित मिति : १७ पुष २०८१, बुधबार १४:४७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।