Logo

अर्थ

निराजन ढकाल बने सिटी एक्सप्रेस मेगा बम्पर उपहारको विजेता, पाए साढे ७ लाख बढी नगद उपहार



काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले सञ्चालन गरेको योजनाका विजेता निराजन ढकाल बनेका छन् ।

सिटी एक्सप्रेसले सञ्चालन गरेको ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा’ योजना अन्तर्गत मेगा बम्पर उपहार बापत ढकालले ७ लाख ५४ हजार ३६२ रुपैयाँ नगद पाएका हुन् ।

ढकालले सिटी एक्सप्रेसमार्फत कोरियाबाट नेपालमा रहेका आफन्तलाई ४१ हजार ९०९ रुपैयाँ पठाएका थिए । योजना अनुसार उनले पठाएको रकमको १८ गुणा रकम नगद उपहार पाएका हुन् ।

हास्य कलाकार एवम् सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक/प्रबन्ध निर्देशक चन्द्र टन्डनको उपस्थितिमा विद्दुतीय प्रणालीद्वारा विजेता छनोट गर्दा ढकाल भाग्यशाली बन्न पुगेका हुन् ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत १ असोजदेखि ३० मंसिरसम्म चाडपर्व लक्षित उक्त योजना सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : १८ पुष २०८१, बिहीबार १०:३४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।