Logo

प्रमुख समाचार

राज्य व्यवस्था समितिका सभापतिसहित कांग्रेस नेताहरु आन्तरिक छलफलमा



काठमाडौं । राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐनबारे छलफल हुनु अगाडि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा बसेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टी सभापति शेरबहादुर देउवा, कांग्रेस नेता समेत रहेका राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडा, महामन्त्री गगन थापा, प्रमुख सचेतक श्याम घिमिरे र सहमहामन्त्री जीवन परियार छलफलमा बसिरहेका हुन् ।

आज राज्य व्यवस्था समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ मा संशोधन गर्न बनेको विधेयक सम्बन्धमा हृदयराम थानी संयोजकत्वकोउपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुँदैछ ।

प्रकाशित मिति : १८ पुष २०८१, बिहीबार १२:०६   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।