Logo

अर्थ

नेपाल लाइफकाे ‘नेपाल लाइफ रक्षा कवच’ म्यादी जीवन बीमा योजना सार्वजनिक



काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो नयाँ जीवन बीमा योजना ‘नेपाल लाइफ रक्षा कवच’ सार्वजनिक गरेको छ । यो योजना न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने उद्देश्यले ल्याइएको हो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यस योजनाको उद्घाटन गर्दै बीमितको परिवारलाई दुर्भाग्यपूर्ण घटनामा आर्थिक सुरक्षा दिने उद्देश्य व्यक्त गरे । यस योजनामा ५ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको बीमाङ्क उपलब्ध छ र बीमितको उमेर १८ वर्षदेखि ५९ वर्षसम्म हुनुपर्छ ।

यस योजनामा म्यादी जीवन बीमा हो जसमा बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी गरिनेछ । कम्पनीले यस योजनालाई अन्य योजनासँग जोडेर पनि प्रयोग गर्न सकिने बताएको छ । यसले बीमाको दायरा विस्तार गर्दै सबै वर्गका व्यक्तिहरूलाई जीवन बीमाको सुरक्षा पुर्याउने उद्देश्य राख्छ ।

नेपाल लाइफले यस योजनालाई बजारमा प्रभावकारी र उत्तम साबित हुने विश्वास व्यक्त गर्दै सबै अभिकर्तालाई यसको प्रचार र बिक्रीमा लाग्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ पुष २०८१, शुक्रबार १४:५७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।