Logo

अर्थ

गार्डियन माइक्रो लाइफको आईपीओ खुल्यो, एक लाख कित्तासम्म आवेदन दिन सकिने



काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन खुलेको छ ।

कम्पनीले कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहमा जारी गर्न लागेको हो । जसमध्ये वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी, सामुहिक लगनी कोषलाई छुट्याएर बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो ।

अंकित मूल्य १ सयका दरले आवेदन दिन सकिनेछ । कम्पनीले इक्रा नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको छ ।

न्यूनतम १० कित्ता तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक कुमारी क्यापिटलले सूचनामार्फत जनाएको छ । इच्छुकले अनलाइन प्रणाली मेरोसेयरमार्फत आइतबार १० बजेपछि आवेदन दिन सक्नेछन् । पुस २४ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।

आव २०८०/८१ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ५९ पैसा छ भने प्रतिसेयर आम्दानी २५ पैसा छ । २७ लाख ५० हजार रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २१ पुष २०८१, आईतवार १०:१८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।