Logo

अर्थ

आज बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक



काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्ने भएको छ । बजारमा निक्षेपका तुलनामा कर्जा प्रवाहमा सुस्तता आउँदा अधिक तरलताको समस्या देखिएपछि राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तान्न लागेको हो ।

उक्त रकम तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि तान्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २१ पुष २०८१, आईतवार १२:२१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।