Logo

अर्थ

सेयर बजारमा ५ अंकको बृद्धि



काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१ को विन्दुमा कायम भएको छ ।

आज १४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ८६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको १९ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था, ग्रिन भेञ्चर र दोर्दी खोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.८८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २१ पुष २०८१, आईतवार १५:१९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।