Logo

अर्थ

मुद्रा विप्रेषक संघको आयोजना र नेपाल राष्ट्र बैंकको सहकार्यमा आयोजित १ दिने कार्यशाला गोष्ठी सम्पन्न



काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको आयोजना र नेपाल राष्द्र बैंकको सहकार्यमा “International Day of Family Remittance” को अवसरमा आयोजित १ दिने कार्यशाला गोष्ठी Aranya Boutique Hotel, Hattisar road, Kathmanduमा सम्पन्न भएको छ ।

नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा सञ्चालित उक्त १ दिने कार्यशाला गोष्ठिको प्रमुख अतिथिमा नेपाल राष्ट्र बैंकका कार्यबाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाको उपस्थिति रहेको थियो ।

नेपाल राष्ट्र बैंक, विदेशी विनिमय ब्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे र नेपाल राष्ट्र बैंक, गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक राम बहादुर मानन्धरको विशेष अतिथिको रुपमा उपस्थित भएका थिए ।

रेमिट्यान्स् कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तीय संस्थाहरु समेतको सहभागितामा आयोजना गरिएको उक्त कार्यक्रममा रेमिट्यान्स क्षेत्रसँग सम्वन्धित विविध विषयहरुलाई समेटेर कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यवाहक गभर्नर डा. ढुङ्गाना तिम्सिनाले आफ्नो मन्तव्य राख्दै नेपालमा रेमिट्यान्स आप्रवाह बढिरहेको र नेपाल र नेपालीको अर्थतन्त्र सुधार्न आप्रवाह रेमिट्यान्सले महत्वपूर्ण भुमिका खेलेको स्मरण गराउँदै वैधानिक तबरले रेमिट्यान्स भि¥याउन र रेमिट्यान्सलाई डिजिटाईज्डतर्फ अगाडि लान सबैले पहल गनुपर्ने र रेमिट्न्ससँग सम्बन्धित विषयहरुमा नेपाल राष्ट्र बैंक नेपाल मुद्रा विप्रेषक संघसँग मिलेर सहकार्य गर्न सदैव तयार रहेको पनि बताइन् ।

यसैगरी नेपाल राष्ट्र बैंक, विदेशी विनिमय ब्यवस्थापन विभागका कार्यकारी निर्देशक घिमिरे र नेपाल राष्ट्र बैंक, गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मानन्धरले पनि रेमिट्यान्सको समसामयिक विषयमा रहेर आफ्ना भनाईहरु राखेका थिए ।

प्रतिस्पर्धी संस्थाहरु एकआपसमा स्वस्थ प्रतिस्पर्धा गरी आफ्ना क्रियाकलाप गर्नुपर्ने, समयमै अनुमतिपत्र नविकरण गराएर आफ्नो कारोबार नियमिततापूर्वक गर्नुपर्ने र रेमिट्यान्स क्षेत्रको विकास र सहजताका लागि नियामक निकायका हैसियतबाट नेपाल राष्ट्र बैंकको निति निर्देशनको परिधिभित्र रहेर सहयोग गर्न नेपाल राष्ट्र बैंक सदैव तयार रहेको कार्यकारी निर्देशक घिमिरे बताए ।

साथै अर्का नेपाल राष्ट्र बैंक, गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मानन्धरले नेपाल राष्ट्र बैंकले निर्दिशष्ट गरेका नियमकानुन र सर्कुलरको परिधिभित्र रहेर काम गर्न सुझाव दिए ।

मुद्रा विप्रेषक संघका अध्यक्ष टण्डनले रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तीय संस्थाहरुले स्वस्थ प्रतिस्पर्धा गर्नसके रेमिट्यान्समा बृद्धि हुन गई विदेशी मुद्रा सञ्चितीमा बढोत्तरी हुने, रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीमा बृद्धि हुन गर्ई राजश्व योगदानमा समेत उल्लेखनीय बृद्धि हुने भन्दै यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको जानकारी गराए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको वर्तमान अवस्था र रेमिट्यान्स कम्पनी र नियामक निकायबाट सुधार गर्नुपर्ने कुराहरुमाथि प्रकाश पारेका थिए भने, उपाध्यक्ष रितेश मित्तल तथा महासचिव सञ्जय सिग्देलले समसामयिक विषयमा आ आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : २२ पुष २०८१, सोमबार ११:३३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।