Logo

अर्थ

नेपाल एसबिआई बैंकको सञ्चालकमा सिन्हा नियुक्त



काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । बैंकको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले रितेश सिन्हालाई सञ्चालक नियुक्त गरेको हो ।

सिन्हालाई बैंकको संस्थागत सेयरधनी भारतीय स्टेट बैंक (एसबीआई) को तर्फबाट यस बैंकको सञ्चालक समितिमा सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका पिनाकी नाथ बनर्जीको स्थानमा नियुक्त गरिएको हो ।

प्रकाशित मिति : २२ पुष २०८१, सोमबार १३:००   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।