Logo

अर्थ

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो



काठमाडौं । तीन दिनयता नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । मङ्गलबार छापावाला सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आइतबार र सोमबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मङ्गलवार भने बढेर १ हजार ८३० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार ११:१९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।