Logo

अर्थ

फोनपे बिजनेस एपबाट अब तुरुन्तै आफ्नो खातामा रकम ट्रान्सफर गर्न सकिने



काठमाडौं । नेपालको प्रमुख डिजिटल भुक्तानी प्लेटफर्म फोनेपेले मर्चेन्ट तथा व्यावसायिक व्यक्तिहरूका लागि नगद व्यवस्थापनमा सहज पहुँच सुनिश्चित गर्न ‘अन-रिक्वेस्ट विदड्रअल’ सुविधा सार्वजनिक गरेको छ । यो सुविधा अन्तर्गत व्यापारीहरूले कुनै पनि समयमा आफूलाई आवश्यक रकम तुरुन्तै बैंक खातामा स्थानान्तरण गर्नसक्ने फोनपेले जनाएको छ ।

कम्पनीका अनुसार कुनै पनि प्रकारको अतिरिक्त शुल्क बिना यो सेवा लिन सकिन्छ । यसले नगद प्रवाहलाई तत्काल र अनुकूल बनाउँदै व्यापारिक निर्णयहरूलाई छिटो र प्रभावकारी बनाउन मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

फोनेपेले व्यापारीहरूले यो सुविधा प्रयोग गरी आपूर्तिकर्तालाई भुक्तानी गर्न, कर्मचारीहरूको तलब व्यवस्थापन गर्न र आकस्मिक खर्चहरूको सामना गर्न सक्ने जनाएकाे छ ।

यो सुविधा फोनेपे बिजनेस एपमा उपलब्ध छ ।

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार १२:३५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।