काठमाडाैं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई लाभाश प्रदान नगर्ने भएको छ । संस्थाको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले आव २०८०/८१ को २०८१ असार मसान्तको वासलात, २०८० साउन १ देखि २०८१ असार ३१ सम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा तत्सम्बन्धी अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत गरी आव वितरण योग्य मुनाफालाई सचित गरी आव २०८० र ०८१ को लागी लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
साथै, सञ्चालक समितिबाट पारित आव २०८०/८१ को वित्तीय विवरण साधारणसभा प्रयोजनार्थ प्रकाशन गर्ने स्वीकृतिको लागी नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत भएको संस्थाले जनाएको छ ।




















प्रतिक्रिया