Logo

अर्थ

१८ अंकले घट्याे सेयर बजार, कारोबार रकम ७ अर्ब ३० करोड



काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५ को विन्दुमा कायम भएको छ ।

आज ५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १८० कम्पनीको मूल्य घटेको छ ।

आज ७ अर्ब ३० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभनदा धेरै सुपर मादी हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीको ४४ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनी, हिमालयन पावर पार्टनरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.२३ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : २५ पुष २०८१, बिहीबार १५:२०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।