काठमाडौं । सीजी डिजिटलले ग्राहकलाई प्रभावकारी र सजिलो प्रयोगका लागि नि:शुल्क कुकिङ कक्षा प्रदान गर्दै आएको छ । सीजी डिजिटलका स्टोरहरूमा एलजी, सीजी, गोदरेज, माइडिया, र ब्याल्याक+डेकरका माइक्रोवेव ओभन किन्दा कुकिङ सम्बन्धी व्यावसायिक कक्षामा भाग लिन सक्ने कम्पनीले जनाएको छ ।
साथै, यस कक्षाको व्यवस्था काठमाडौं उपत्यकासहित अन्य जिल्लामा पनि गरिएको छ, जसले नेपालभरिका ग्राहकहरूलाई कुकिङ कक्षामा सहभागी हुनको लागि अवसर प्रदान गर्नेछ । यसले अझ धेरै व्यक्तिहरूलाई माइक्रोवेव ओभनको प्रभावकारी र सजिलो प्रयोगका बारेमा ज्ञान दिन मद्दत गर्नेछ।सी जी डिजिटलको अनुभवी,प्रशिक्षित,कुशल सेफ बाट यो कक्षा संचालन भैरहेको छ कम्पनीले जनाएको छ ।
अहिले, इटहरी,बिराटनगर, दमक, बिर्तामोड,झापा,काकडभित्ता, चन्द्रगडी,धरान उर्लाबारी र लहानमा सी जी डिजिटल लगायत एल जी को डिलर हरुमा यो कुकिङ्ग कक्षा २०८१ पौष २५ गते देखि माघ ११ सम्म चलिरहेको छ ।
सीजी डिजिटलका सेफ धनबहादुर बस्नेतले भने, ‘हामीलाई थाहा छ कि आधुनिक जीवनशैलीमा खाना पकाउने समय र तरिका परिवर्तन हुँदै गइरहेको छ। यस क्रममा, हामी ग्राहकहरूलाई सही उपकरण र प्रविधीको प्रयोगमा सघाउन चाहन्छौं। यस कुकिङ कक्षाले माइक्रोवेव ओभनको सही प्रयोग र स्वादिष्ट परिकार बनाउनको लागि आवश्यक टिप्स र ट्रिक्स प्रदान गर्नेछ।’
प्रत्येक ग्राहकलाई निःशुल्क कुकिङ कक्षामा १० देखि १५ जनाको समूहमा प्रशिक्षित गरिनेछ। कक्षामा विशेष गरी माइक्रोवेव ओभनको माध्यमबाट सजिलो र छिटो परिकार बनाउन सिकाइनेछ भने सुरुमा कक्षामा सिकेर पनि आफुलाई मन परेको ब्राण्ड छानेर खरिद गर्न सकिनेछ ।




















प्रतिक्रिया