Logo

अर्थ

बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडाैं । आज सुनको मूल्य बढेकाे छ । सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन सुनको  प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २६ पुष २०८१, शुक्रबार ११:३३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।